गृहपृष्ठ बंगलादेशमा आम निर्वाचन : प्रधानमन्त्री शेख हसीनाको ‘ह्याट्रिक’
बंगलादेशमा आम निर्वाचन : प्रधानमन्त्री शेख हसीनाको ‘ह्याट्रिक’
बंगलादेशमा प्रधानमन्त्री शेख हसीनाको पार्टीले लगातार तीनवटा आम निर्वाचनमा विजय हासिर गरेको छ । हसीनाको सत्तारुढ पार्टी आवामी लीगले ३५० संसदीय सिटमध्ये २८१ जित्दै आम निर्वाचनमा ‘ह्याट्रिक’ गरेको हो । बंगलादेशको निर्वाचन आयोगले प्रधानमन्त्री शेख हसीनाको जितको पुष्टि गरेको छ ।
यता, विपक्षी दलहरुले आइतबार भएको आम निर्वाचनको निन्दा गरेका छन् र मतपरिणामलाई ‘हास्यास्पद’ भनेका छन् ।
हसीना सन् २००९ देखि प्रधानमन्त्री छिन् । त्यहाँको प्रमुख प्रतिपक्षी बीएनपी यो चुनावमा जातीय ओइक्यो फ्रन्टको हिस्सा थियो । प्रतिपक्षी दलले जम्मा सात सिटमा जित हासिल गरेको छ । भ्रष्टाचार मुद्दामा जेलमा रहेकाले पार्टी प्रमुख खालिदा जियाबिनै निर्वाचनमा होमिएको बिएनपीले सत्तारुढ दलको सामना गर्न गठबन्धन बनाएको थियो । विपक्षी गठबन्धनको नेतृत्व ८१ वर्षीय वकील कमाल हुसेनले गरेका थिए । देशको संविधान तयार गरेका उनी चुनाव लड्न भने पाएनन् । आइतवार निर्वाचनका क्रममा हिंसा भड्कीदा १७ जना मानिस मारिए ।
प्रकाशित समय ०९:४२ बजे

















