गृहपृष्ठ १४ सय भूकम्पपीडितले बैंकिङ कर्जाबाट बनाए घर

१४ सय भूकम्पपीडितले बैंकिङ कर्जाबाट बनाए घर

फाइल तस्बिर ।

सुरक्षित आवास निर्माणका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने क्रम बढ्दै गएको पाइएको छ । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर निजी घर तथा आवास निर्माण गर्न पाइने भएकाले कर्जाको माग बढ्दै गएको अधिकारीहरुले बताएका छन् ।

निजी आवास निर्माणका लागि १४०० जनाले बैंकबाट ऋण लिएका छन् । भूकम्प पीडितलाई ऋण उपलब्ध गराउन शून्य प्रतिशत ब्याजदरमा आवासीय घर निर्माणका लागि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सहुलियत कर्जा उपलब्ध गराएको छ । त्यस्तो कर्जा उपभोग गर्ने बैंक तथा वित्तीय संस्थाले भूकम्पपीडितबाट दुई प्रतिशतमात्रै व्याज लिन पाउनेछन् । केन्द्रीय बैंकले हालै प्रकाशित गरेको चालू आर्थिक वर्षको पछिल्लो चार महीनाको विवरणअनुसार दुई अर्ब २३ करोड रुपैयाँ कर्जा उपलब्ध गराइएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार हालसम्म तीन लाख ३८ हजार १४७ निजी घर तथा आवास पुनःनिर्माण भएका छन् । बैंकले उत्पादनशील क्षेत्रतर्फ कर्जा लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने लक्ष्यले १५ अर्ब ६३ करोड रुपैयाँ पुनःकर्जा लगानी गरेको छ ।

यस्तै गत कात्तिक मसान्तसम्ममा सरकारबाट पाँच प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पशुपक्षी व्यवसाय कर्जा लिनेको सङ्ख्या नौ हजार ७४९ पुगेको छ । सो कार्यक्रमअन्तर्गत १४ अर्ब ३८ करोड रुपैयाँ ऋण बक्यौता छ । यस्तै ७५ करोड ८२ लाख रुपैयाँ ब्याज अनुदान प्रदान गरिएको छ । रासस

प्रकाशित समय ०९:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु