गृहपृष्ठ ब्रिसबेन ओपन टेनिसबाट बाहिरिए एन्ड्री मर्रे

ब्रिसबेन ओपन टेनिसबाट बाहिरिए एन्ड्री मर्रे

पूर्व विश्व नम्बर एक बेलायती खेलाडी एन्ड्री मर्रे अष्ट्रेलियामा जारी ब्रिसबेन ओपन टेनिसको दोस्रो चरणबाटै बाहिरिएका छन् ।

बुधबार राति मेलबर्नमा भएको खेलमा रसियन खेलाडी डानिल मेदभेदेभसँग दुई–शून्यको सोझो सेटमा पराजित भएसँगै मर्रे बाहिरिएका हुन् । मर्रे २२ वर्षीय डानिलसँग ७–५ र ६–२को सेटमा पराजित भए । कुल ८० मिनेटसम्म भएको संघर्षमा पहिलो सेट ७–५ले गुमाएका मर्रेले दोस्रो सेटमा ६–२ को हार व्यहोरे ।

चोटका कारण अघिल्ला वर्ष अधिकांश समय कोर्टबाहिर रहेका मर्रे हाल विश्व वरीयतामा दुई सय ४० औँ स्थानमा छन् ।

प्रकाशित समय १०:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु