गृहपृष्ठ तरकारी फल्ने खेतमा इँटाभट्टाको रजाइँ (फोटो फिचर)
तरकारी फल्ने खेतमा इँटाभट्टाको रजाइँ (फोटो फिचर)
वातावरण प्रदूषण भएका कारण नगरपालिकाले इँट्टाभट्टा बन्द गर्ने अभियान सञ्चालन गरे पनि काभ्रेमा इँट्टा पार्ने काम रोकिएको छैन । नगरपालिकाले पाँचखाललाई कृषि सहरको रुपमा विकास गर्न ‘पाँचखाल नगर, कृषि सहर’ को नारा दिए पनि उब्जाउयुक्त जमिन इँट्टाभट्टा सञ्चालनमा आएपछि तरकारीखेती गर्न समस्या भएको किसान बताउँछन् । उद्योग स्थापना र सञ्चालनका समयमा पालना गर्नुपर्ने प्रारम्भिक मापदण्ड पूरा नगरेको भन्दै इँट्टाभट्टा हटाउन नगरपालिकाले सूचना जारी गरे पनि निरन्तर सञ्चालन भइरहेको छ । उद्योग स्थापना र सञ्चालनका समयमा पालना गर्नुपर्ने प्रारम्भिक मापदण्ड पूरा नगरेको भन्दै इँट्टाभट्टा हटाउन नगरपालिकाले सूचना जारी गरे पनि निरन्तर सञ्चालन भइरहेको छ ।
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको आँपघारी आसपासको खेत र बस्तीबीच सञ्चालनमा रहेका इँटाभट्टा ।


(तस्बिर : पेमा लामा/काभ्रे/रासस)
प्रकाशित समय १७:०४ बजे

















