गृहपृष्ठ एनआईसी एशिया बैंकद्वारा ५ लाख बिमादाबी भुक्तानी
एनआईसी एशिया बैंकद्वारा ५ लाख बिमादाबी भुक्तानी
एनआईसी एशिया बैंकको बचत निक्षेप योजना ‘प्रिमियम समुन्नती बचत खाता’ खोलेका
राजकृष्ण श्रेष्ठको दुर्घटनामा निधन भएपछि उनका छोरा रजतकृष्ण श्रेष्ठलाई ५ लाख बिमा दाबी भुक्तानी हस्तान्तरण गरिएको छ । ‘प्रिमियम समुन्नती बचत खाता’ खोल्दा बैंकले स्वतः उपलब्ध गराएको दुर्घटना बिमाबराबरको दाबी भुक्तानी उनले पाएका हुन् ।
बैंकले ५ लाख बराबरको चेक प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठीमार्फत श्रेष्ठलाई हस्तान्तरण गरेको छ । चेक प्रदान गर्दै राठीले बैंकको निक्षेप योजनाको क्षतिपूर्ति रकमले खातावालाको परिवारको चोटमा सानो भए पनि सहयोग पुग्ने बताए । मुलुकभर एनआईसी एशियाका २७० शाखा, २८९ एटिएम, ३७ एक्सटेन्सन काउन्टर, २२ वटा शाखारहित बैंकिङ र करिब १४ लाख ग्राहक छन् ।
प्रकाशित समय १७:१९ बजे

















