गृहपृष्ठ मेक्सिकोमा पाइपबाट तेल चोर्दै गर्दा विस्फोट, ६६ जनाको मृत्यु

मेक्सिकोमा पाइपबाट तेल चोर्दै गर्दा विस्फोट, ६६ जनाको मृत्यु

oil-dispose-in-mexico-newskarobar

मेक्सिकोमा एउटा तेलको पाइपलाइन विस्फोट हुँदा ६६ जनाको मृत्यु भएको छ । विस्फोटमा परी कयौं घाइते भएका छन् ।

मेक्सिकोको इडाल्गो राज्यमा रहेको एउटा तेल प्रशोधन केन्द्रनजिकै स्थानीय समयअनुसार शुक्रबार राति विस्फोट भएको हो । विस्फोटको समयमा सयौँ मानिस पाइपबाट चुहिएको तेल संकलन गरिरहेका थिए ।

घटनापछि राष्ट्रपति एन्ड्रेस म्यानवेल लोपेश ओबर्‍याडोरले तेल चोरी रोक्न आवश्यक कदम चालिने बताएका छन् । सरकारी स्वामित्वको प्रेमेक्स पेट्रोलियम कम्पनीले पाइपलाइनबाट अवैध रूपमा तेल निकालिरहेका बेला आगो लागेको जनाएको छ । सरकारी अधिकारीहरूका अनुसार तेलचोरीबाट गत वर्षमात्रै मेक्सिकोले तीन अर्ब डलरबराबरको नोक्सानी भएको थियो । (एजेन्सी)

प्रकाशित समय ०८:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु