गृहपृष्ठ विद्यालयको स्तरउन्नतीका लागि महायज्ञमा १ करोड भन्दा धेरै रकम संकलन

विद्यालयको स्तरउन्नतीका लागि महायज्ञमा १ करोड भन्दा धेरै रकम संकलन

बुटवल । बुटवल ११ प्रगतिनगरमा सञ्चालित प्रगति आधारभूत विद्यालयले श्रीमतभागवत धनधान्याञ्चल नहवा ज्ञानमहायज्ञको आज बिहिबारसम्म १ करोड भन्दा धेरै रकम उठेको छ । विद्यालयको स्तरउन्नतीका लागि आर्थिक संकलन गर्ने उद्वेश्यले संचालन गरिएको महायज्ञमा बिभिन्न ब्यतिहरुले उत्हासपुुर्वक दान प्रदान गरेको विद्यालयले जनाएको छ । महायज्ञ तथा धार्मिक महोत्सव मूल आयोजक समितिका संयोजक जीतबहादुर मल्लले विद्यालयको स्तरउन्नतीका गरिएको महायज्ञमा बिभिन्न श्रेत्रबाट सहयोग भईरहेको बताए ।

महायज्ञ लेखा समिति सदस्य शन्दिप थापाका अनुसार गोपाल रानाले ५ लाख ५५ हजार,उमेश श्रेष्ठले ५ लाख ५१ हजार,यस्तै प्रगतिनगर विद्यूत सहकारी संस्थाले ४ लाख ११ हजार,राजेश श्रेत्रीले ३ लाख ,कृष्ण चौधरी र नारायण चौधरीले २ लाख ५५ हजार जित बहादुर मल्ल र पार्वती मल्लले २ लाख ५१ हजार रुपयाँ प्रदान गरेका छन् । यस्तै विद्यालयका प्रचार्य शिव कुमारी आर्यलले २ लाख ५१ हजार,विद्यालयका अध्यक्ष नारायण शारुले २ लाख ५१ हजार, ईन्द्र बहादुर राईले २ लाख ५१ हजार रुपयाँ प्रदान गरेका छन् । संजिबनी टोल विकास संस्थाले २लाख ६४ हजार, शिव आचार्य र लक्ष्मी आचार्यले २ लाख ५ हजार,धर्मसिह लाम्मकाले २ लाख रुपाय प्रदान गरेका छन् । यस्तै १ लाख ५१ हजार रुपयामा प्रदान गर्नेमा रामदेवी द्धा, भीम बहादुर अधिकारी,सिता लक्ष्मी पोखरेल रहेको जनाएको छ । २०५४ सालमा स्थापना भएको विद्यालयमा घना वस्तीको बिचमा प्राय गरिवका छोराछोरीहरुले अध्ययन गर्ने गरेका छन् । उक्त महायज्ञ तथा धार्मिक महोत्सवमा पण्डित वालयोगेश्वर महाराज प्रमुख कथा वाचन र अन्य उप कथा वाचकहरु रहेको विद्यालयका प्रचार्य शिव कुमारी आर्यालले बताईन् ।

प्रकाशित समय १९:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु