गृहपृष्ठ टीपीएस होल्डरको भिसा अवधि बढे अमेरिकामा कार्यरत नेपालीलाई लाभ
टीपीएस होल्डरको भिसा अवधि बढे अमेरिकामा कार्यरत नेपालीलाई लाभ
टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) होल्डरहरुको भिसा तीन वर्षका लागि तन्काउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्ताव स्वीकृत भए अमेरिकामा रहेका नेपाली पनि लाभान्वित हुने भएका छन् । ट्रम्पको प्रस्ताव स्वीकृत भए ३ लाखभन्दा बढी विभिन्न देशका नागरिकलाई फाइदा पुग्नेछ, जसमा नेपालीको संख्या पनि उल्लेख्य छ ।
युद्ध वा प्राकृतिक विपत्तिका कारण आफ्नो देश छोडेर आएकाहरुलाई टीपीएसअन्तरैगत अमेरिकामा कामको अवसर दिइएको छ । २०७२ साल वैशाखमा महाभूकम्प आएपछि केही नेपाली टीपीएसअन्तर्गत अमेरिकामा कार्यरत छन् । यस्तो सुविधामा बसिरहेकाहरुलाई ट्रम्पले ‘ड्रिमर’ को संज्ञा दिने गर्छन् । विगतमा उनले यो सुविधाको विरोध गर्दै आएका थिए ।
प्रकाशित समय १४:३३ बजे

















