गृहपृष्ठ टाटा टियागोको नयाँ मोडल सार्वजनिक

टाटा टियागोको नयाँ मोडल सार्वजनिक

काठमाडौं ।

टाटा मोटर्सले आफ्नो पछिल्लो गाडी टियागो मोडलको अपार सफलतापछि आफ्नो पुराना तथा नयाँ संभावित ग्राहकहरुको लागि नयाँ टियागो डुअल टोन मोडल सार्वजनिक गरेको छ । कारप्रतिको आकर्षण बढिरहेको समयमा किफायती मोडलको रुपमा यो नयाँ मोडल सार्वजनिक भएको हो ।

फूल अप्सन मोडलको २६ लाख ९५ हजार पर्ने यो गाडी एकदमै नयाँ, स्पोर्टी र विश्वसनीय देखिन्छ । यो गाडी १ दशमलव २ लिटरको रिभोटोर्न ईन्जिन सहित ८५ पि.एस. पावर भएको छ । यो गाडीले प्रति लिटर २३ दशमलव ८४ किमि माइलेज दिने कम्पनीको दाबी छ ।

अरु थप विशेषताहरुमा दुईवटा एसआरएसएआर ब्याग्स, अटोमेटिक ब्रेकिङ्ग सिस्टम, रिभर्स पार्किङ्ग सेन्सर, मल्टी ड्राईभ मोड रहेको छ । यस्तै यसमा आठ वटा स्पिकर सहित हर्मनको ईन्फोटेनमेन्ट सिस्टम, २४ वटा युटिसलटी स्पेस र २४२ लिटरको बुट स्पेस उपलब्ध छ । यीबाहेक अन्य थप विशेषताहरु पनि यसमा रहेको छ ।

‘हामी ग्राहकहरुलाई आफूले लगानी गरेको मूल्यमा राम्रो मोबिलिटी दिन चाहन्छौं,’ सिप्रदीका प्रतिनिधि भन्छन्, ‘टाटा टियागोको सफलता मनाउँदै हामीले वर्तमान तथा सम्भावित ग्राहकहरुलाई नयाँ मोडलमा केही विशेष दिन खोजेका छौं ।’

टियागो डुअल टोन स्टाईलिस र फ्रेस हुनुका साथै आकर्षक मूल्यमा उपलब्ध छ । नयाँ थप आकर्षक विशेषताहरु सहित आएको टियागो डुअल टोन टाटा ब्राण्डका गाडीहरु थप आकर्षक, सामाजिक प्रतिष्ठा र प्रगतिको थप पहल हो भन्ने आफूलाई लागेको उनी बताउँछन् ।

प्रकाशित समय ०८:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु