गृहपृष्ठ घरेलु टिम पोखरा ११ लाई पन्छाउँदै ब्रिगेड व्वाईज क्वाटरफाइनलमा

घरेलु टिम पोखरा ११ लाई पन्छाउँदै ब्रिगेड व्वाईज क्वाटरफाइनलमा

कजिम भुषारीको निर्णायक गोलको मद्धतमा ब्रिग्रेड ब्वाइज क्लबले घरेलु टिम पोखरा ११ लाई पराजित गर्दै मनकामना केबुलकार पोखरा फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा स्थान बनाएको छ ।

पोखरा रंगशालामा जारी भएको खेलमा ब्रिग्रेड ब्वाइजले पोखरा ११ लाई १–० गोलले हराएको हो । खेलको ७२ औं मिनेटमा ब्रिग्रेड ब्वाईजका विदेशी खेलाडी भुषारीले निर्णायक गोल गरे । मनोज राईले करिब ३० यार्ड नजिबाट प्रहार गरेको बल विपक्षि गोलरक्षक अजित पराजुलीले क्लियर गर्न नसक्दा (रिवाउण्ड) बललाई डि–वक्स नजिक रहेका भुषारीले पोष्टको दिशा दिएका थिए ।

प्रतियोगितामा शनिबार नेपाल प्रहरी क्लब र संकटाबीच अन्तिम प्रि–क्वाटरफाइनल खेल हुनेछ ।

प्रकाशित समय ०८:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु