गृहपृष्ठ अमेरिकी राजदूत र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबीच भेट
अमेरिकी राजदूत र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबीच भेट
शिक्षा क्षेत्रको विकासमा सहयोग गर्ने प्रतिवद्धता
तस्बिर : मन्त्रि पोखरेलको सचिवालय ।
नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलबीच भेट भएको छ । मन्त्री पोखरेललाई भेट्न मन्त्रालय आएकी राजदूत बेरीले नेपालको शिक्षा क्षेत्रको विकासको निम्ती अमेरिकाले सधैँ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी मन्त्री पोखरेलको सचिवालयले जनाएको छ ।
शिक्षाको जग बसाल्न प्राथामिक शिक्षामा विषेश सहयोग गर्न तयार रहेको उनको भनाई थियो । मन्त्री पोखरेलको सचिवालयले दिएको जानकारी अनुसार आफूसँग शिक्षा क्षेत्रको धेरैं अनुभव भएको र शिक्षा क्षेत्रकैं व्यक्ति भएको परिचय दिँदै राजदूत बेरीले दुई पटक शिक्षा मन्त्री भएका मन्त्री पोखरेलसँग अनुभव साट्न र समग्र शिक्षा क्षेत्रको विकासमा सहकार्य गर्न भेट्न चाहेको बताएका थिए ।
उनले नेपालका विद्यालयहरुमा अंग्रेजी भाषा प्रशिक्षणका लागि खटिएका स्वयमसेवकहरुलाई भिषाको प्रक्रिया सहज बनाइदिन पनि अनुरोध गरे । राजदूत बेरीले १९६२ मा स्थापना भएको लिङ्कन स्कुलमा अंग्रेजी भाषा पढ्न चाहने विद्यार्थीहरुलाई सहज वातावरण मिलाई दिन पनि नेपाल सरकार समक्ष अनुरोध गरे ।
भेटमा मन्त्री पोखरेलले शिक्षामा प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सहयोग पुर्याउँदै आएकोमा अमेरिकी सरकारलाई धन्यवाद ज्ञापन व्यक्त गर्दे सहयोगको निरन्तरताको अपेक्षा पनि गरिएको बताए । विद्यालय क्षेत्र सुधार कार्यक्रम, राष्ट्रिय प्राराम्भिक कक्षा पढाइ कार्यक्रमले १० लाख बालबालिका लाभान्वित भएको स्मरण गर्दै मन्त्री पाखरेलले यस्ता कार्यक्रमको सकारात्मक नतिजालाई हेरेर नेपाल सरकारले क्रमैसँग सबै जिल्लामा विस्तार गर्ने नीति शुरु गरिसकेको जानकारी दिए ।
प्रकाशित समय २०:०० बजे

















