गृहपृष्ठ डिफेण्डिङ च्याम्पियन मनाङ मनकामना केबलकार पोखरा कपको सेमिफाइनलमा

डिफेण्डिङ च्याम्पियन मनाङ मनकामना केबलकार पोखरा कपको सेमिफाइनलमा

ब्रिगेड ब्वाइज क्लबलाई टाइब्रेकरमा पराजित गर्दै डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङदी क्लब मनकामना केबलकार पोखरा कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतिस्पर्धात्मक खेलमा मनाङले व्रिगेड ब्वाइजलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । निर्धारित समयसम्म दुवैतर्फबाट एक–एक गोलको बराबरी र थपिएको आधा घण्टामा गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । मनाङले दोस्रो सेमिफाइनल शुक्रबार क्यामरुनको डफिन्स टिम फेमलीसँग प्रतिस्पर्धा गर्नेछ ।

आज बिहीबार पहिलो सेमिफाइनलमा विभागीय क्लब सशस्त्र प्रहरी बलको एपिएफ र जापानको रिस्सो युनिभर्सिटीबीच प्रतिस्पर्धा हुदैछ ।

प्रकाशित समय ०९:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु