गृहपृष्ठ खोप परीक्षणका ‘गिनीपिग’ बन्दै नेपाली शिशु
खोप परीक्षणका ‘गिनीपिग’ बन्दै नेपाली शिशु
नेपालका बालबालिकाहरूमा टाइफाइडको खोपको परीक्षण गरिएको खुलासा भएको छ । अक्सफोर्ड युनिभर्सिटीले गरेको एक अध्ययनअनुसार नेपाल, बंगलादेश र मलावीका बालबालिकाहरूमा टाइफाइडविरुद्धको खोप भन्दै परीक्षण गरिएको हो ।
औलो, टाइफाइड, निमोनियाजस्ता प्राणघातक रोगविरुद्ध भर्खरै विकसित गरिएका खोपहरू ‘ड्रग ट्रायल’का रूपमा दक्षिण एसियाका नेपाल, बंगलादेश र अफ्रिकी महादेशका गरिब र अल्पविकसित देशहरूमा पठाइने गरिएको खुलासा यसअघि नै भइसकेको छ ।
द टेलिग्राफ पत्रिकाका अनुसार अक्सफोर्डमा पढ्नका लागि भर्ना भएका विद्यार्थीहरूसहित अन्यमा पहिलो महँगो शुल्क तिरेर ‘ट्रायल’ गरिसकेपछि नेपालजस्ता देशमा परीक्षण गर्न पठाइन्छ । हाल नेपाल, बंगलादेश र मलावीका ८९ हजार बालबालिकाहरूमा दोस्रो चरणको परीक्षण गरिएको उल्लेख गर्दै यसै वर्षको अन्त्यसम्ममा यसको नतिजा आउने जनाइएको छ ।
निमोनिया र टाइफाइट नेपालजस्ता देशका लागि बाल तथा शिशु मृत्युको प्रमुख कारण रहँदै आएपछि सरकारले यसरी आँखा चिम्लेर नेपालका बालबालिकालाई गिनीपिग बनाएर औषधि परीक्षण गर्न दिनु ठूलो लापरवाही हो । यसअघि पनि हेपाटाइटिसविरुद्धको खोप पनि यस्तै परीक्षणका रूपमा भित्र्याइएको खुलासा भइसकेको छ ।
यदि तपाईं साना शिशुका अभिभावक हुनुहुन्छ भने अस्पताल वा समुदायमा कुनै नयाँ खोपका कुरा गरिदैछ भने कृपया एक पटक यो खोप किन लगाउन थालिएको हो? कहिलेबाट लगाउन थालिएको? यसको प्रतिकूल प्रभावको जिम्मेवार को हुन्छ भनेर प्रश्न गर्न थालिहाल्नुस् ।
प्रकाशित समय १५:४२ बजे

















