गृहपृष्ठ मेलम्चीको ठेक्का तोडियो, सीएमसीको साढे दुई अर्ब धरौटी जफत हुने
मेलम्चीको ठेक्का तोडियो, सीएमसीको साढे दुई अर्ब धरौटी जफत हुने
सरकारले मेलम्ची आयोजनाको सुरुङमार्ग निर्माणको जिम्मा पाएको इटालिएन कम्पनी सीएमीसँग ठेक्का सम्झौता तोडेको छ ।
मेलम्ची खानेपानी विकास समितिले सीएमसीसँगको ठेक्का तोडी उसको बैंक धरौटीसमेत जफत गर्ने निर्णय गरेको हो । फर्किन दिइएको १४ दिनको समयसीमामा काम छाडेर भागेको ठेकेदार कम्पनी सीएमसीका कर्मचारी नआएपछि ठेक्का सम्झौता तोडेको आयोजनाले जनाएको छ । सम्झौता गर्दा सीएमसीले करिब साढे दुई अर्ब रुपैयाँ धरौटी राखेको थियो । समितिले आज बैंकलाई पत्र पठाएर सो रकम जफत गर्ने जनाएको छ ।
सरकारले माघ ६ गते दुई हप्तामा काममा फर्किन अल्टिमेटम दिएको थियो । अन्तिम म्याद सकिँदासम्म सीएमसीले जवाफ नदिएपछि ठेक्का तोडिएको आयोजनाले जनाएको छ ।
ठेक्का तोडिए पनि आयोजना कसरी अघि बढाउने भन्नेबारे खानेपानी मन्त्रालय र समिति कुनै निर्णयमा पुग्न सकेको छैन । सुरुङको फाइनल फिनिसिङलगायत काममा अन्योल छ । मेलम्चीको २७ किमि सुरुङ छिचोलिइसकेको छ ।
प्रकाशित समय ०७:०५ बजे

















