गृहपृष्ठ माछा खोज्दा दुर्लभ अजिंगर भेटिएपछि…
माछा खोज्दा दुर्लभ अजिंगर भेटिएपछि…
झापाको अर्जुनधारा नगरपालिका– ४ मा माछा मार्ने क्रममा दुर्लभ अजिंगर भेटिएको छ ।
डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेका अनुसार बिहीबार स्थानीयवासीले खोल्सीमा माछा मार्ने क्रममा अजिंगर फेला पारेका हुन् । आठ किलो तौल र ६ फिट लम्बाइ भएको त्यो अजिंगरलाई स्थानीयवासीले शनिश्चरे प्रहरी चौकीमा बुझाएका छन् ।
प्रहरी नायव निरीक्षक राजन खड्काले वन कार्यालयको निर्देशनमा अजिंगरलाई संरक्षणका लागि अर्जुनधारा–१, स्थित हलुवागढ सामुदायिक वनलाई हस्तान्तरण गरिने बताए ।
प्रकाशित समय ०७:३० बजे

















