गृहपृष्ठ बुटवल-पाल्पा सडक खण्ड चार दिनसम्म विहान बेलुका बन्द हुने

बुटवल-पाल्पा सडक खण्ड चार दिनसम्म विहान बेलुका बन्द हुने

sadak

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलको तल्लो सिद्धबाबादेखि पाल्पाको दोभान खण्डको सडक चार दिनसम्म बन्द हुने भएको छ ।

सडक विभाग कार्यालयका शाखा अधिकृत झविलाल भट्टराईका अनुसार माघ २६, २७ र २८ गते बिहान ९ देखि १० बजेसम्म र ११ बजेदेखि १२ बजेसम्म तथा दिउँसो २ बजेदेखि ३ बजेसम्म र ४ बजेदेखि ५ बजेसम्म सडकमा सवारी साधन चलाउन पाइने छैन ।

यस्तै २९ गते बिहान ९ बजेदेखि ९।३० सम्म, १०।३० देखि ११ बजेसम्म, १२ बजेदेखि १२।३० सम्म तथा दिउँसो २।३० देखि ३ बजेसम्म र ४ बजेदेखि ४।३०सम्म सडकमा सवारी साधन चल्न पाउने छैनन् ।

वर्षायाममा मात्र नभई हिउँदमा पनि ढुंगे पहिरो खस्ने हुँदा यहाँ सुरुँग मार्ग बनाउन अध्ययन गरिँदैछ । स्वीजरल्याण्डको एक कम्पनीले सर्वेक्षण गर्न थालेको हो ।

प्रकाशित समय २०:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु