गृहपृष्ठ खानेपानीमन्त्री र फिनल्याण्ड राजदूतबीच शिष्टाचार भेट
खानेपानीमन्त्री र फिनल्याण्ड राजदूतबीच शिष्टाचार भेट
तस्बिर सौजन्य : खानेपानीमन्त्रीको सचिवालय ।
खानेपानीमन्त्री बिना मगर र नेपालका लागि फिनल्याण्डका राजदूत पेर्ती आन्तिनेनबीच मंगलबार सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।
उक्त भेटवार्तामा राजदूत आन्तिनेनले नेपालका विभिन्न ग्रामीण भेगमा भईरहेको खानेपानीको समस्यालाई समाधान गर्न फिनल्याण्ड सरकारले सहयोग गर्ने बताएका छन् । घण्टौंसम्म हिँडेर पानी लिन जानुपर्ने ग्रामीण क्षेत्रको समस्यालाई समाधान गर्न फिनल्याण्ड सरकार तयार रहेको राजदूत आन्तिनेनले बताएका मन्त्री मगरको सचिवालयले जानकारी दिएको छ ।
ग्रामीण भेगमा खानेपानीको व्यवस्था मिलाउन फिनल्याण्ड सरकारले जस्तोसुकै सहयोग गर्न तयार रहेको राजदूतको भनाइ छ । भेटमा मन्त्री मगरले फिनल्याण्ड सरकारले देखाएको सहयोगको प्रतिबद्धता ग्रामीण भेगका जनताका लागि महत्वपूर्ण हुने बताइन् । उनले ग्रामीण क्षेत्रमा खानेपानीको पहुँच पुर्याउने सरकारको योजनालाई पूरा गर्न फिनल्याण्ड सरकारले गरेको सहयोगको प्रतिबद्धताको प्रशंसा गरिन् ।
प्रकाशित समय १८:४१ बजे

















