गृहपृष्ठ मोति क्रिकेट क्लबको पहिलो जीत
मोति क्रिकेट क्लबको पहिलो जीत
विराटनगरमा जारी मोरङ जिल्लास्तरीय ए डिभिजन क्रिकेट प्रतियोगितामा मोति क्रिकेट क्लबले पहिलो जित निकालेको छ ।
लायन्स क्लब अफ विराटनगर योङ हर्ट तथा मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनर–१९ स्थित वैजनाथपुर रंगशालामा मंगलबार भएको खेलमा प्रतीयोगिताबाट बाहिरी सकेको मोति क्रिकेट क्लबले ईन्द्रेणी क्रिकेट क्लबलाई २ सय ११ रनले पराजित गरि प्रतियोगितामा पहिलो जित हात पारेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको मोतिले निर्धारित ५० ओभरमा सबै विकेट गुमाई २ सय ५० रनको योगफल तयार पारेको छ । जसमा म्यान अफ द म्याच रितेश माझीले १ सय १० बलमा ११ चौका प्रहार गर्दै ९८ कपिल मण्डलले २८ र अविशेक बरालले २१ रनको योगदान दिए । इन्द्रेणीका राज चौधरीले ३, सुयोस कार्की २ तथा सलमान शेख र श्रवण किस्कुले समान १–१ विकेट लिएका थिए ।
२ सय ५० रनको लक्ष्य पछ्याएको इन्द्रणीले ३५ दशमलव ३ बलमा सबै विकेट गुमाई १ सय ३९ रनमा समेटियो । इन्द्रेणीका आशिष श्रेष्ठले ३७, श्रवण किस्कुले २२ र सन्नी सिंहले १५ रनको योगदान दिए । मोतीका कपिल मण्डल र विवेक पोखररेलले समान ३-३ विकेट लिए ।
बुधबारको खेल गुराँस पुस्तकालय होराइजन क्रिकेट क्लबबीच हुने मोरङ क्रिकेट संघका सदस्य राजेश पोखरेलले जानकारी दिए ।
प्रकाशित समय १८:३५ बजे

















