गृहपृष्ठ आयल निगमका पूर्व कार्यकारी निर्देशक खड्का धरौटीमा रिहा
आयल निगमका पूर्व कार्यकारी निर्देशक खड्का धरौटीमा रिहा
नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्का धरौटीमा रिहा भएका छन् । खड्काविरूद्ध १८ करोड ६६ लाख बराबर भ्रष्टाचार गरेको आरोप लागेको छ ।
उक्त मुद्दामा खड्का विशेष अदालतलाई २ करोड ५० लाख धरौटी बुझाएर रिहा भएका हुन् । विशेष अदालतका न्यायाधीशहरू बाबुराम अर्याल, प्रमोदकुमार श्रेष्ठ वैद् र नारायणप्रसाद पोखरेलको इजलासले खड्कालाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
विशेषले धरौटीमा रिहा गर्रने आदेश दिएसँगै नेपाल इन्भेष्टमेन्ट बैंकलाई जमानी राखेर खड्का रिहा भएका हुन् । उनीविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा निगममा रहँदा १८ करोड ६६ लाख रूपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको भन्दै मुद्दा दर्ता गराएको थियो ।
प्रकाशित समय १९:०२ बजे

















