गृहपृष्ठ प्रदेश १ सरकारले भन्यो- एक वर्षमा थुप्रै जनमुखी काम ग-यौं
प्रदेश १ सरकारले भन्यो- एक वर्षमा थुप्रै जनमुखी काम ग-यौं
सरकारका ३० बुँदे उपलब्धि सार्वजनिक
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बितेको एक वर्षमा प्रदेश सरकारले उपलब्धिमूलक काम गरेको बताएका छन् । प्रदेश सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्र्यालयले एक वर्षे कामको विवरण सार्वजनिक गर्न विराटनगरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री राईले शून्यबाट गुन्द्री र पिरामा बसेर प्रदेश सरकार विकास निर्माणका दर्जनौं जनमुखी काम गर्न सफल भएको दाबी गरेका हुन् ।
उनले सरकारको जनमुखीका कामका कारण प्रदेश सरकारप्रति जनताको आस्था एवं भरोसा बढेको दाबी गरे । उनले प्रदेश सरकार गठनपछिको ६ महिना कर्मचारी समायोजन तथा कार्यालय व्यवस्थापनमा खर्च भएको भन्दै अब प्रदेश सरकारको कामले गति लिइसकेको र बजेट तथा नीति कार्यक्रम कार्यान्वयन भइरहेको बताए ।
कृषिलाई आधुनिकीकरण तथा व्यावसायिक कृषिको विकास, विमानस्थलको स्तरोन्नति तथा विराटनगरबाट प्रदेश १ का सबै विमानस्थलमा उडान सेवा सञ्चालन गर्न काम अघि बढाइएको उनले जानकारी दिए । विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नति गर्ने तथा निजी क्षेत्रसँग सहकार्य गरी सप्तकोशी नदीमा जलयातायात सञ्चालनमा ल्याएको उनले बताए ।
मुख्यमन्त्री राईले जनतालाई सुरक्षाको अनुभूति प्रदान गर्न प्रदेशका १० लाखभन्दा बढी घरधुरीमा प्रदेश सरकारले स्टिकर टाँस गर्नुका साथै तराई, भित्री मधेस तथा पहाडका एक÷एक पालिकामा प्रहरी भ्यान र एम्वुलेन्स प्रदान गर्ने तथा प्रदेशमा ४९ वटा नयाँ प्रहरी चौकी निमार्णका लागि पहल अघि बढाएको बताए ।
पत्रकार सम्मेलनमा मुख्यमन्त्री राईले ३० वुँदे सरकारको उपलव्धि र्सावजनिक गरेका थिए । गत वर्षको फागुन २ गते मुख्यमन्त्री राईको नेतृत्वमा प्रदेश १ मा पाँच सदस्यीय मन्त्रीमण्डल गठन भएको थियो ।
प्रकाशित समय १४:१२ बजे

















