गृहपृष्ठ कम्युनिस्ट सरकारका कारण निराश नहुनुस्, कांग्रेस छ : पौडेल
कम्युनिस्ट सरकारका कारण निराश नहुनुस्, कांग्रेस छ : पौडेल
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले वर्तमान सरकार गति र विधिबाट विमुख बनेको आरोप लगाएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चाकर्मीसँग कुराकानी गर्दै उनले सरकारको नयाँ काममा गति नलिएको र विधिसम्मत ढंगले नचलेको बताए ।
सरकारले काम गर्ने मेसो पाउन नसकेको भन्दै नेता पौडेलले प्राथमिकता छुट्टयाएर काम गर्न सरकारलाई सुझाव दिए । ‘सरकार अहिलेका प्राथमिकता पहिल्याएर जिम्मेवारी र दायित्वबोध गर्दै अघि बढ्नुपर्छ,’ उनले भने ।
तर, सरकारको गतिविधिकै कारण जनतामा संघीयताप्रति वितृष्णा जागेको नेता पौडेलको दाबी छ । ‘संघीयतामा जनताको शासन हुने भएकाले आमजनताले संघीयतालाई थप सबल र व्यवस्थित हेर्न चाहेका छन्,’ उनले भने, ‘तर सरकार त्यस दिशामा अघि बढेको पाइएन ।’ यद्यपि, जनता निराश हुनुपर्ने कारण नरहेको र नेपाली कांग्रेस विकल्प दिन तयार रहेको नेता पौडेलको भनाइ छ ।
प्रकाशित समय १४:२१ बजे

















