गृहपृष्ठ पुनर्वासबाट प्रहरीले १८ किलो सुन बरामद गर्यो
पुनर्वासबाट प्रहरीले १८ किलो सुन बरामद गर्यो
कञ्चनपुरस्थित पुनर्वासबाट प्रहरीले १८ किलो सुन बरामद गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), जिल्ला प्रहरी कार्यालय कैलाली तथा इप्रका त्रिभुवन बस्तीबाट खटिएको संयुक्त टोलीले उक्त परिमाणमा सुन बरामद गरेको हो ।
सीआईबीका एसपी सुदीप गिरी नेतृत्वको टोलीमा जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी आभूषण तिमिल्सिना, महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा काठमाडौंका डीएसपी रुगम कुँवर लगायत थिए ।
सुनसँगै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनीहरूको पहिचान खुलाइएको छैन ।
प्रकाशित समय १५:०१ बजे

















