गृहपृष्ठ भक्तपुरका प्रशासकीय अधिकृत घुससहित पक्राउ

भक्तपुरका प्रशासकीय अधिकृत घुससहित पक्राउ

pakrau-arrest-newskarobar

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मताक्षे श्रेष्ठलाई घुससहित पक्राउ गरेको छ ।

अख्तियारका अनुसार सेवाग्राहीसँग २५ हजार घुस लिइसकेको अवस्थामा श्रेष्ठलाई नियन्त्रणमा लिइएको हो । ‘जिल्ला प्रशासन कार्यालयमा परेको लेनदेन सम्बन्धी उजुरी मिलाइदिने भनी विभिन्न बहानामा सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीका अधारमा,’ अख्तियारद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘आयोगको कार्यालय, टङ्गालबाट खटिई गएको टोलीले निज प्रशासकिय अधिकृत कैलाश मातक्षे श्रेष्ठलाई सेवाग्राहीसँग रू.२५,,०००।– (पच्चिस हजार) घुसबापतको रकम लिईसकेको अवस्थामा जिल्ला भक्तपुर दरवार स्क्वायर नजिक स्विट होम रेष्टुरेन्ट एण्ड क्याफेबाट नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको छ ।’

प्रकाशित समय १५:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु