गृहपृष्ठ जवरजस्ती करणीको प्रयास गर्ने पक्राउ
जवरजस्ती करणीको प्रयास गर्ने पक्राउ
मोरङको विराटनगर-४ इक्राहीमा बालिकालाई जवरजस्ती करणीको प्रयास गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बालिकालाई ललाई फकाई सिटी सफारीमा हालेर नजिकै रहेको उखु बारीमा लगेर करणीको प्रयास गरेको आरोपमा सुनसरी दुहवी-भलुवा-१ क २२ वर्षिय सलमोदिन मियालाई प्रहरीले पक्राउ गरेको हो ।
बिहान सवा ११ बजे को २ ह २०११ नम्बरको सिटी सफारी चालक मियाले बालिकालाई ललाई फकाई सिटी सफारीमा हालेर नजिकै रहेको उखु बारीमा लगेर करणीको प्रयास गर्दा बालिका चिच्याएपश्चात स्थानीयले थाहा पाएर प्रहरीमा खबर गरेका थिए ।
घटनास्थलमा तत्काल प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरी टोलीले मियालाई सिटी सफारी सहित पक्राउ गरेको हो । पक्राउ परेका मियालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखि थप अनुसन्धान भईहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १९:३६ बजे

















