गृहपृष्ठ आठौं खेलकुदका लागि गण्डकी प्रदेश स्तरीय छनोट प्रतियोगिता आजदेखि

आठौं खेलकुदका लागि गण्डकी प्रदेश स्तरीय छनोट प्रतियोगिता आजदेखि

gandaki-newskarobar

नेपालगन्जमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोटका लागि गण्डकी प्रदेशस्तरीय प्रतियोगिता शुक्रबारदेखि पोखरामा हुँदैछ ।

प्रतियोगिता फागुन २५ गतेसम्म प्रदेशका विभिन्न जिल्लामा सञ्चालन हुने कास्कीको पोखरासहितका विभन्नि जिल्लामा आयोजना हुने संयोजक पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले जानकारी दिए । उनका अनुसार शुक्रबार एथ्लेटिक्स र टेवल टेनिसको छनोट हँदैछ ।

३५ खेलका लागि ११ जिल्लाका २ हजार ८ सय ७७ जना खेलाडी प्रतियोगितामा सहभागी हुने संयोजक श्रेष्ठले बताए । प्रतियोगितामा कास्कीका सबैभन्दा धेरै र मनाङमा कम खेलाडी सहभागी छन् । प्रतियोगिताको लागि राखेपबाट २ करोड ६४ लाख २५ हजार ६ सय रुपैयाँ विनियोजन भइसकेको छ । खेलाडीलाई प्रतिदिन एक हजार रुपैयाँ दिइने बताइएको छ ।

राष्ट्रिय खेलकुद परिषद्ले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता नेपालगन्जमा हुने भनिए पनि तिथि मिति भने अझै तय हुन सकेको छैन । पोखरामा महिला तथा पुरुष फुटबल, एथ्लेटिक्स, क्रिकेट, भलिबल, ह्याण्डबल बास्केटबल लगायतका प्रतियोगिता हुने पश्चिमाञ्चल खेलकुद संघले जनाएको छ ।

प्रकाशित समय १०:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु