गृहपृष्ठ हिरो गोल्डकपमा नेपाल उपविजेतामै सीमित, म्यानमार च्याम्पियन

हिरो गोल्डकपमा नेपाल उपविजेतामै सीमित, म्यानमार च्याम्पियन

नेपाली महिला फुटबल टिमले अन्तर्राष्ट्रिय उपाधिको खडेरि टार्ने मौका गुमाएको छ । भारतमा सम्पन्न हिरो गोल्डकपको उपाधि भिडन्तमा नेपाल म्यानमारसँग तीन–एक गोलले पराजित भएको हो ।

३४ औं मिनेटमा म्यानमारले पहिलो गोल गर्दै अग्रता लिएको थियो । म्यानमार फाइनलमा पनि निकै बलियो देखियो । उसको बल नियन्त्रण पनि नेपालको तुलनामा उत्कृष्ट थियो ।

पहिलो हाफको इन्ज्युरी समयमा नेपालकी मञ्जली योन्जनले गोल गर्दै नेपाललाई खेलमा फर्काउने आशा जगाएकी थिइन् । खेलको ५३ औं मिनेटमा विन तोङले दोस्रो तथा ६३ औं मिनेटमा इ उको व्यक्तिगत दोस्रो गोलको मदतले म्यानमारले गोल्डकपको उपाधि उचाल्यो ।

प्रतियोगितामा आयोजक भारतसहित नेपाल, म्यानमार र इरान सहभागी थिए । साफ र ओलम्पिक छनोटको तयारीका लागि भारतले प्रतियोगिता आयोजना गरेको हो ।

प्रकाशित समय ०७:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु