गृहपृष्ठ साहित्यकार शिव रेग्मीको निधन

साहित्यकार शिव रेग्मीको निधन

वरिष्ठ साहित्यकार एवं अन्वेषक शिव रेग्मीको बुधबार दिउँसो ७८ वर्षको निधन भएको छ ।

विक्रम संवत् १९९८ असोज १ मा काठमाण्डौमा जन्मेका रेग्मीलाई बुधबार सुतेको केही बेरमा श्वास फेर्न असजिलो भएपछि उपचारार्थ काठमाण्डौ मेडिकल कलेजमा भर्ना गरिएकामा अचानक निधन भएको नेपाल साहित्यिक पत्रकार संघका निवर्तमान अध्यक्ष रोचक घिमिरेले जानकारी दिए ।

चिनी र उच्च रक्तचापबाट पीडित भए पनि रेग्मीमा खासै कुनै समस्या नभएको र ब्रेनहेमरेजका कारण निधन भएको जानकारी अस्पतालले दिएको घिमिरेले जानकारी दिए । स्वर्गीय रेग्मीको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

‘भूपि शेरचनका कविता’, ‘गोरखापत्र सय वर्षका १०१ कथा’, ‘शारदाका सम्पादकीय विचारहरु’, ‘नेपाली क्रान्तिकको भूमिकै भूमिका’, ‘शंकर लामिछानेका निबन्ध’, ‘गोरखापत्रका १०१ निबन्ध’, ‘कमल दीक्षितको दुष्टि : दृष्टिकोण’ आदि उनीद्वारा सम्पादित कृति प्रकाशित छन् ।

गोरखादक्षिण बाहु र त्रिशक्ति पटबाट विभूषित रेग्मीलाई २०७० सालमा मदन पुरस्कार गठनले जगदम्बाश्री पुरस्कार प्रदान गरिएको थियो ।

प्रकाशित समय ०८:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु