गृहपृष्ठ आँपको बिरुवा रोपेर प्रधानमन्त्रीले मनाए जन्मदिन
आँपको बिरुवा रोपेर प्रधानमन्त्रीले मनाए जन्मदिन
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६८औँ जन्मोत्सव आँपको बिरुवा रोपेर मनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार आँपको बिरुवा रोपेर प्रधानमन्त्री ओलीले जन्मोत्सव मनाएका हुन् ।प्रधानमन्त्रीपत्नी राधिका शाक्यले भने जन्मोत्सवको अवसरमा अम्बाको बिरुवा रोपेकी छिन् । सो अवसरमा प्रधानमन्त्री ओलीले केक काटेर पत्नी राधिका र बुबा मोहनप्रसाद ओलीलाई खुवाएका थिए । प्रधानमन्त्री ओली विसं २००८ फागुन ११ गते तेह्रथुमको इवामा जन्मिएका थिए ।



प्रकाशित समय १३:०२ बजे

















