गृहपृष्ठ महिला साफ फुटबल प्रतियोगिताको तयारी तीव्र

महिला साफ फुटबल प्रतियोगिताको तयारी तीव्र

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा यही फागु्न २८ देखि चैत ८ सम्म हुने पाँचौं साफ महिला च्याम्पियनशीप फुटबल प्रतियोगिताका लागि विराटनगरमा तयारी तीव्र बनाइएको छ ।

प्रतियोगिताको लागि विराटनगरमा रातको समयमा पनि काम भइरहेको छ । खेलहुने मैदान आसपासको सडकलाई पहिलो प्राथमिकतामा राखेर काम भइरहेको महानगरले जनाएको छ । विकासको कामले गति लिन नसकेको आरोप लागेपछि महानगरले कामलाई तीव्रता दिएको हो । निर्माणका क्रममा कमसल सामाग्रीको प्रयोग भएको गुनासो आएपछि महानगरले अनुगमन समेत गरेको छ । विराटनगर महानगरका प्रम्ख भीम पराजुली सहितको टोलीले रातीको समयमा समेत अनुगमन गर्ने गरेको छ ।

महानगरले जिल्ला प्रशासन कार्यालय हुँदै शहीद मैदान तथा अस्पताल चोकसम्मको सडक भने महिला साफ च्याम्पियनशिप हुनु अगावै सम्पन्न गर्ने गरी काम भइरहेको छ । प्रमुख पराजुलील ठेकेदार कम्पनीलाई च्याम्पियनशपि हुन भन्दा अगाडि काम सक्न निर्देशन दिएका छन् ।

पहिलोपटक काठमाडौं बाहिर साफ महिला च्याम्पियनशीप फुटबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताका लागि विराटनगरमा चारवटा खेलमैदानको स्तरोन्नती र तिनका आसपासका सडक निमार्णको काम भइरहेको छ । विराटनगर महानगरपालिका र एन्फाबीच भएको सम्झौताअनुसार खेल सुरु हुनुभन्दा १५ दिन अगाडि निर्माण कार्य सम्पन्न गरेर एन्फालाई हस्तान्तरण गर्ने सहमति भएको थियो ।

सहमतिअनुसार अहिले ७५ प्रतिशत काम सम्पन्न भइसकेको छ । साफ च्याम्पियनशिपका लागि महानगरपालिकाले १ करोड र प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरेको छ । यो बजेट साफका लागि आवश्यक पूर्वाधार निमार्णमा खर्च हुनेछ । साफ सम्पन्न गर्न भने१ करोड खर्चहुने अनुमान एन्फाले गरेको छ ।

प्रकाशित समय ११:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु