गृहपृष्ठ उपत्यकाको मौसममा बदली, वर्षाको सम्भावना

उपत्यकाको मौसममा बदली, वर्षाको सम्भावना

mausam-newskarobar

काठमाडौं उपत्यकाको मौसममा बदली भएको छ । बिहान सफा रहेको मौसम दिउँसो बदली भएको हो । मौसम मौसम पूर्वानुमान महाशाका अनुसार हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी भु–भागमा सामान्य देखि पूर्ण बदलि र मध्य र पुर्वी भु–भागमा आंशिक देखि सामान्य बदलिको सम्भावना छ ।

पश्चिमी पहाडी भु–भागका थोरै स्थानमा र मध्य र पूर्वी पहाडी भु–भागका एक–दुई स्थानहरुमा मेघगर्जन सहितको हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । पश्चिमी तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

राति पश्चिमी भु–भागमा सामान्य देखि पूर्ण बदलि र मध्य र पुर्वी भु–भागमा आंशिक देखि सामान्य बदलिको सम्भावना छ । पश्चिमी पहाडी भु–भागका थोरै स्थानमा र मध्य र पुर्वी पहाडी भु–भागका एक–दुई स्थानहरुमा मेघगर्जन सहितको हल्का वर्षाको संभावना छ ।

प्रकाशित समय १३:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु