गृहपृष्ठ सानेपामा कांग्रेस विरुद्ध नेविसंघको प्रदर्शन

सानेपामा कांग्रेस विरुद्ध नेविसंघको प्रदर्शन

nebisangh-newskarobar

नेपाली कांग्रेसको कार्यालय सानेपामा नेविसंघले प्रदर्शन गरेको छ । ३२ वर्षे हदबन्दीको विषयमा नेविसंघले गरेको प्रदर्शनमा झडप समेत भएको छ । उमेर हदबन्दीका पक्ष र विपक्षबी झडप भएको हो ।

निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले निकटका विद्यार्थी नेताले उमेर हदको पक्षमा र संस्थापन पक्षका विद्यार्थी नेताले उमेर हदको विपक्षमा प्रदर्शन गरेका थिए ।

दुबै पक्षबिच ढुङ्गा हानाहान भएको थियो । झडपका क्रममा केही विद्यार्थी नेता घाइते भएका छन् । झडपका कारण कांग्रेस केन्द्रीय समितिको बैठक सुरु हुन सकेको छैन।

प्रकाशित समय १३:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु