गृहपृष्ठ इभान विलियम्सद्वारा ट्विटर सञ्चालक समितिबाट राजीनामा
इभान विलियम्सद्वारा ट्विटर सञ्चालक समितिबाट राजीनामा
सामाजिक सञ्जाल ट्विटरका सहसंस्थापक एवं पूर्व कार्यकारी अधिकृत इभान विलियम्सले सञ्चालक समितिबाट राजीनामा दिएका छन् । व्यस्तताको कारण देखाउँदै विलियम्सले पदबाट राजीनामा दिएका हुन् ।
विलियम्सको राजीनामा फेब्रुअरी अन्त्यपछि कार्यान्वयनमा आउनेछ । सन् २००८ देखि २०१० सम्म ट्विटरको प्रमुख कार्यकारी अधिकृतसमेत रहेका विलियम्स १३ वर्षदेखि ट्विटरमा आबद्ध थिए । उनी ब्लगिङ प्ल्याटफर्म मिडियमका कार्यकारी अधिकृतसमेत हुन् ।
प्रकाशित समय ०७:३४ बजे

















