गृहपृष्ठ भारतमा विषाक्त मदिराका कारण मृत्यु हुनेको संख्या १३३ पुग्यो
भारतमा विषाक्त मदिराका कारण मृत्यु हुनेको संख्या १३३ पुग्यो
घटनामा दोषी भएको आशंकामा १० पक्राउ, २ सरकारी अधिकारी निलम्वित
भारतमा विषाक्त मदिराका कारण मृत्यु हुने मजदुरको संख्या १३३ पुगेको छ । भारतको आसाम राज्यमा विषाक्त मदिरा पिउने दुई सयभन्दा बढी व्यक्तिलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
मृत्यु भएका र बिरामी भएका सबै आसामको चिया बगानमा काम गर्ने मजदुर हुन् । स्थानीय सञ्चारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार अस्पताल भर्ना भएका अधिकांश खतरामुक्त छैनन् ।
दुई साताअघि अरू दुई राज्य उत्तर प्रदेश र उत्तराखण्डमा पनि विषाक्त मदिराका कारण झण्डै सय जनाको मृत्यु भएको थियो । घटनामा दोषी भएको आशंकामा प्रहरीले १० जनालाई गिरफ्तार गरेको छ । मदिरा बिक्री–वितरण रोक्न नसकेको भन्दै दुईजना अधिकारीलाई पनि निलम्बन गरिएको समाचारमा उल्लेख छ ।
प्रकाशित समय ०७:४२ बजे

















