गृहपृष्ठ मोरङमा डेढ कठ्ठामा लगाएको अवैध अफिम खेती नष्ट

मोरङमा डेढ कठ्ठामा लगाएको अवैध अफिम खेती नष्ट

afim_newskarobar

मोरङ प्रहरीले डेढ कट्ठाभन्दा बढी जग्गामा लगाएको अफिम खेती नष्ट गरेको छ । साथै प्रहरीले अफिम खेती गर्ने २ जनालाई पक्राउ गरेको छ । प्रहरीले मोरङको पथरी शनिश्चरे नगरपालिका र सुनवर्षी नगरपालिकाको भित्री क्षेत्रमा लगाइएको अफिम खेती नष्ट गरेको हो ।

सो क्रममा प्रहरीले विभिन्न व्यक्तिले १ कट्ठा १४ धुर जग्गामा लगाएको ३ हजार ३४ वटा अफिमको बोट नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

प्रहरीले विशेष अप्रेशन सञ्चालन गर्दै पथरी शनिश्चरे नगरपालिका-५ मा ७ धुर जग्गामा अफिम खेती गरेका ५० वर्षिय चन्द्रप्रसाद गन्गाईको खेतीमा लगाइएको अफिम नष्ट गर्नुका साथै उनलाई पक्राउ गरेको छ ।

यस्तै सुनवर्षी नगरपालिका-२ बस्ने ५२ वर्षीय बज्रु गन्गाईलाई ४ धुर जग्गामा अफिम खेती गरेको अभियोगमा पक्राउ गरिएको छ । प्रहरीले उनले लगाएको अफिम खेती समेत नष्ट गरेको छ ।

यसैगरि सोहि ठाउँका ३५ वर्षिय बासुदेव गन्गाईको १ कट्ठा जग्गामा लगाइएको अफिम खेती समेत प्रहरीले नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय पथरी तथा इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले अफिम खेती नष्ट गर्नुका साथै २ जनालाई पक्राउ गरेको हो ।

प्रकाशित समय १५:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु