गृहपृष्ठ लागु औषधसहित चारजना पक्राउ
लागु औषधसहित चारजना पक्राउ
सुर्खेतमा लागु औषध सहित चार जना पक्राउ परेका छन् । यही फाल्गुन १२ गते दिउँसो ३ बजे ब्राउन सुगर सहित वीरेन्द्रनगर १० पुरानो ट्राफिक कार्यालय जाने बाटोमा रहेको चाइना गेट होटेलबाट जिल्ला प्रहरी कार्यालय सुर्खेतले तीन जना र विरेन्द्रनगर नगरपालिका- १० मा डेरा गरी बस्दै आएकी एकजना युवतीलाई प्रहरीले लागु औषधसहित पक्राउ गरेको हो ।
विरेरन्द्रनगर नगरपालिका- १० को चाइना गेस्ट हाउसको कोठा नं १५ बस्दै आएका विरेन्द्रनगर-३ तातापानी सुर्खेतका २० वर्षीय सुनिल चौधरी, सोही स्थानका १८ वर्षीय रुथ तोलाङ्गि र नरहरीनाथ गाउँपालिका-२ की १८ वर्षीय अञ्जु विष्टलाई विशेष सुराकीका आधारमा खोजतलास गर्दा लुकाई छिपाई राखेको लागु औषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी प्रदिपकुमार क्षेत्रीले जानकारी दिए ।
उनीहरुबाट प्रहरीले दुई पुरिया ब्राउन सुगर बरामद गरेको छ ।
प्रकाशित समय १५:२० बजे
















