गृहपृष्ठ खानेपानी संस्थानलाई सशक्त बनाउनुहोस् : खानेपानीमन्त्री मगर
खानेपानी संस्थानलाई सशक्त बनाउनुहोस् : खानेपानीमन्त्री मगर
खानेपानीमन्त्री बिना मगरले नेपाल खानेपानी संस्थानलाई व्यावसायिक हिसाबले सशक्त र सुदृढ बनाएर लैजान निर्देशन दिएकी छिन् ।
नेपाल खानेपानी संस्थानको ३० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्ने क्रममा मन्त्री मगरले खानेपानी संस्थानको गरिमालाई अझ उचाईमा पुर्याउन नयाँ कार्ययोजना सहित अघि बढ्न सबैलाई आग्रह गरिन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘संस्थानले आफ्नो उपस्थिति बजारमा एक छत्र बनाओस् । यहाँहरु सबैले सामान्य कार्ययोजना होईन, ठूलो सपना देखेर अघि बढ्नुहोस् । संस्थानको कर्मचारी हुँ भन्नेमा गर्वानुभूति हुने गरी काम गर्नुहोस् ।’
संस्थानले आफ्नो भूमिकालाई बजारमा प्रभाव पार्ने गरी काम गर्न उनले सबैमा आग्रह गरिन् । संस्थानप्रति आफू आशावादी रहेको उनको भनाई छ । संस्थानको भूमिका बढाउन मन्त्रालय सधैं तयार रहेको उनले बताइन् ।
प्रकाशित समय १९:१५ बजे

















