गृहपृष्ठ मन्त्री अधिकारी चढेको हेलिकप्टर दुर्घटना रहस्यमय : योगेश भट्टराई

मन्त्री अधिकारी चढेको हेलिकप्टर दुर्घटना रहस्यमय : योगेश भट्टराई

yogesh-newskarobar फाइल तस्बिर

संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको घटना रहस्यमय देखिएको छ । उनको व्यक्तित्व र सरलताका कारण धेरैले यस घटना रहस्यमय रुपमा बुझेको टिप्पणी छ ।

कतिपयले अस्वभाविक दुर्घटना हुनसक्ने भन्दै आशंका गरिरहँदा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य समेत रहेका ताप्लेजुङका सांसद योगेश भट्टराईले पनि गम्भीर प्रश्न उठाएका छन् ।

उनले भिआइपी उडानमा पाइलटसहित ५ जनाभन्दा बढी पाथिभरामा उडान नै नहुने गरेको तथ्य कोट्याउँदै आफ्नो फेसबुकमा घटनाबारे लेखेका छन् ।

‘भिभिआईपी उडानमा पाइलटसहित ५ जनाभन्दा बढी पाथिभरामा उडान गर्न मिल्दैन भनेर केहीलाई सुकेटार वा ताप्लेजुङ बजारमै झारेर मात्र पाथिभरा उडान गर्दै आएका छन् पाइलटहरुले । तर आज मौसम खराब हुँदाहुँदै ७जनालाई लिएर किन उडान गरियो ? समयले उत्तर माग्छ ।’

प्रकाशित समय १८:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु