गृहपृष्ठ भ्यालेन्सिया कोपा डेल रेको फाइनलमा
भ्यालेन्सिया कोपा डेल रेको फाइनलमा
घरेलु मैदानमा रियल बेटिसलाई हराउँदै भ्यालेन्सिया स्पेनिस कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार रातिको खेलमा भ्यालेन्सिया एक १–शून्यले विजयी रहँदै समग्रमा ३–२ को जित दर्ता गर्न सफल भएको हो । भ्यालेन्सियाका लागि फरवार्ड रोड्रीगो मोरेनोले ५६ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो । त्यसअघि पहिलो लेग २–२ को बराबरीमा सकिएको थियो ।
भ्यालेन्सियाले अब उपाधिका लागि बार्सिलोनाको सामना गर्नेछ । बार्सिलोनाले रियल म्याड्रिडलै समग्रमा ४–१ ले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।उपाधि भिडन्त २५ मेमा हुनेछ ।
प्रकाशित समय ०८:११ बजे

















