गृहपृष्ठ दुई लाख रूपैयाँ बराबरको अवैध सामान बरामद
दुई लाख रूपैयाँ बराबरको अवैध सामान बरामद
झापाको मेचीनगर नगरपालिका–६ बाट प्रहरीले बिहीवार २ लाख रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको खाद्यान्न, कपडा, हार्डवेयरको सामान र नेपालबाट भारत तर्फ लैजाँदै गरेको मरिच, सुपारी र घरेलु मदिरा बरामद गरेको हो । बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय बुझाइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रकाशित समय ११:४९ बजे

















