गृहपृष्ठ मन्त्री अधिकारीलाई श्रीमती र दुई छोराले दिए दागबत्ती

मन्त्री अधिकारीलाई श्रीमती र दुई छोराले दिए दागबत्ती

उपप्रधानमन्त्रीले राष्ट्रिय झण्डा तथा गौतम र श्रेष्ठले पार्टीको झण्डा ओडाए

rabindra-newskarobar

बुधबार हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीलाई श्रीमती र दुई छोराले दागबत्ती दिएका छन् । शुक्रबार पोखरास्थित रामघाटमा मन्त्री अधिकारीलाई श्रीमती विद्या भट्टराई र विराज तथा स्वराज अधिकारीले दागबत्ती दिएका हुन् ।

कास्कीको सेती किनारमा उनको दाहसंस्कार हुनुपूर्व पोखरास्थित प्रदर्शनीस्थलमा अन्तिम श्रद्धाञ्जलीमा राखिएको थियो भने त्यसलगत्तै शवयात्रा भएको थियो । उनको शवयात्रामा हजारौंको संख्यामा सर्वसाधारणहरूको उपस्थिती थियो ।

 

उपप्रधानमन्त्रीले राष्ट्रिय झण्डा तथा गौतम र श्रेष्ठले पार्टीको झण्डा ओडाए

मन्त्री अधिकारीप्रति उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झन्डा ओडाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् । त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली अर्पण गरे ।

अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट नेकपा नेता योगेश भट्टराईलगायत नेता तथा शुभेच्छुक, शुभचिन्तक पोखरा पुगेका थिए ।

प्रकाशित समय १७:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु