गृहपृष्ठ विराटनगरमा सहकारीसम्बन्धि प्रादेशिक गोष्ठी

विराटनगरमा सहकारीसम्बन्धि प्रादेशिक गोष्ठी

विराटनगरमा दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी भन्ने नाराका साथ सहकारी क्षेत्रको प्रवर्द्धन गर्ने उदेश्यले दुई दिने कार्यशाला सुरु भएको छ ।

कार्यशालामा सहकारीका लागि प्रदेश तथा स्थानीय तहको भूमिकाको विषय पनि समेटिएको छ । गोष्ठीमा प्रदेश सरकारका उच्च अधिकारी, प्रदेशसभाका सांसदहरु, १ नम्बर प्रदेशका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख तथा कार्यकारी अधिकृतहरू र सहकारीसँग आवद्ध अगुवाहरु रहेका छन् ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले कानुन निर्माणको चरणमा प्रदेश तथा स्थानीय सरकार रहेको भन्दै सरकारहरु सहकारीमैत्री बन्नुपर्ने धारणा राखे ।

भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले, समृद्धिको यात्रामा प्रदेश स्थानीय सरकार र सहकारीबीचको समन्वयको विषयमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले र दिगो विकासको लक्ष्य प्राप्तिमा सहकारीको भूमिका विषयक कार्यपत्र प्रस्तुत गरेका छन् ।
कार्यक्रम आज सकिने छ ।

प्रकाशित समय ०८:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु