गृहपृष्ठ कृषकको समस्या समाधान गर्छु : कृषि मन्त्री
कृषकको समस्या समाधान गर्छु : कृषि मन्त्री
प्रदेश नम्बर ५ की भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले कृषकको समस्या समाधान गर्ने बताएकी छिन् । नेपाल डेरी एशोसियसनका पदाधिकारीसँग मन्त्री पौडेलले कृषि प्रधानमन्त्री आधुनिकीकरण परियोजनाले कृषि क्षेत्रलाई मात्रै समेटेको भन्दै अब यसलाई पशु पालन क्षेत्रलाई पनि समेट्नको लागि केन्द्र सरकारसँग पहल भइरहेको बताइन् ।
दूधको बजारीकरण र विविधकरण गर्नुको विकल्प नभएको भन्दै मन्त्री पौडेलले गोठ देखि ओठ सम्म दुधको सुद्धता जरुरी रहेको बताईन् । ५ नम्बर प्रदेश सरकारले दुधको पाउडर प्लान्ट स्थापना गर्ने योजना बनाएको भएपनि बजेटको अभावमा ढिलाइ भएको उनले बताइन् । तर, प्रदेश सकरारले एक्लै गर्न सम्भव नरहेकाले व्यवसायीले साथ दिएमा बनाउन सकिने उनको भनाइ छ ।
प्रेदश ५ मा डेरी व्यवसायलाई प्रवद्र्धन गर्ने योजना ल्याउन एशोसियसनलाई आग्रह गर्दै मन्त्री पौडेलले भनिन्, ‘मैले पहिलादेखि नै भनेकी छु, प्रदेशको पहिचान हुने गरी जुनसुकै योजना ल्याउनुहोस्, त्यसमा सहयोग गर्न प्रदेश सरकार तयार छ ।’प्रदेश सरकारले बधशाला निर्माण लगायतको अवाधारण अगाडी ल्याएको बताउँदै मन्त्री पौडेलले कृषकलाई उत्पादीत दूधको विविधिकरण र बजारीकरण गर्न आग्रह गरिन् ।
कार्यक्रममा नेपाल डेरी एशोसियसनका अध्यक्ष राधाकृष्ण सापकोटाले कृषकहरुको समस्या समाधानको लागि स्थानीय तहबाट नै पहल जरुरी रहेको बताएका थिए । उनले कृषकले उत्पादन गरेको दुधको लागत बढ्दै गएको भन्दै लागत कम गरी दुधको उत्पादन वृद्धिको लागि योजना बनाउनु पर्ने बताए ।
त्यस्तै, निर्वतमान अध्यक्ष सुनित केडियाले सरकारले नीतिगत कुरामा विशेष ध्यान दिनुपर्ने बताएका थिए । भारतबाट सस्तो मुल्यमा आयात गरिएको दूधकोे कारण समस्या भएको भन्दै नीतिगत रुपमा भन्सारमा भारतबाट आयात गरिने दुग्धजन्य परिकारमा अन्तशुल्क लगाउनु पर्ने बताएका थिए ।
पूर्व अध्यक्ष मेघराज भण्डारीले दूधको प्याकेजिङ्ग गरी गुणस्तरमा बताएका थिए । उनले केन्द्र, संघीय सरकारले घाँसमा आधारित पशुपालन र दाना उद्योग स्थापनामा विशेष जोड दिनुपर्ने बताए ।
एशोयिसयनका महासचिव प्रल्हाद दाहाले समृद्धि नेपाल बनाउनको लागि उद्योगी र कृषकलाई सरकारले पोत्साहन दिनुपर्ने बताए । पाल्पामा आइतबारदेखि हुने केन्द्रीय कमिटिको बैठकका लागि पुगेको नेपाल डेरी एशोसियसनको टोलीले आफ्ना समस्या प्रदेश मन्त्रीसँग राखेका हुन् ।
प्रकाशित समय १३:४२ बजे

















