गृहपृष्ठ राहतको नाममा तस्बिर मोह ! (हेर्नुहोस् ११ तस्बिर)

राहतको नाममा तस्बिर मोह ! (हेर्नुहोस् ११ तस्बिर)

विश्वभर कोरोना भाइरसको महामारी फैलिएको अवस्थामा पीडितलाई राहत स्वरुप सहयोग गर्ने दाताहरु पनि जुर्मुरिएका छन् । विश्वका धनाढ्यहरुदेखि सर्वसाधारणसम्म मानवीयता देखाउँदै एकले अर्कोलाई सक्दो सहयोग गरिरहेका छन् ।

नेपालमा पनि गत चैत ११ गतेदेखि सरकारले लकडाउन सुरु गरेपछि दैनिक ज्यालादारी गर्ने मजुदरहरुलाई अहिले निकै समस्या परेको छ । कतिपय मजदुरलाई दैनिक रुपमा कुनै संघ संस्थाले सहयोग गरिरहेका छन् भने कतिपय भोकले छट्पटिएका छन् । राजधानीका खानकै समस्या भएकै कारण सयौं मजदुरहरुले उपत्यका छाडिसके ।

१० दिनसम्म पनि हिडेर घर पुगेको कतिपय मजुदरले बताउँदै आएका छन् । तर, कतिपय दाताहरुले लोकप्रिय बन्नका लागि सहयोग दिने र लिनेलाई पनि प्रतिष्ठा नै गुम्ने गरी सहयोग गरिरहेका छन् । सहयोगको नाममा ती ‘दाता’ ले दिएको सहयोग पीडितले एक छाक पनि खानलाई पुग्दैन तर तस्बिर खिचाउँदै सामाजिक सञ्जालमा लोकप्रिय हुनका लागि सहयोग गरेको देखिन्छ ।

बेला बेलामा फेसबुकमा भाइरल हुँदै आएका केही तस्बिरले त दाताको नैतिक संकट नै निम्त्याएका छन् । कुनै कुनै जनप्रतिनिधिलगायत शीर्ष नेताहरु नै राहतको नाममा तस्बिर मोहमा लिप्त देखिन्छन् । विपद्को बेलामा तस्बिरभन्दा पनि पीडितलाई साँच्चिकै सहयोग पुगेमा उनीहरुलाई पनि बाँच्ने आधार हुन्छ ।

हेर्नुहोस् सामाजिक सञ्जालमा भाइरल केही तस्बिरहरु

प्रकाशित समय ११:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु