गृहपृष्ठ नेपाल-भारत संयुक्त आयोगको बैठक सुरु

नेपाल-भारत संयुक्त आयोगको बैठक सुरु

नेपाल-भारतको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठक नयाँदिल्लीस्थित हैदरावाद हाउसमा सुरु भएको छ । बैठकमा परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य तथा भारतका बाह्य मामिला सचिव हर्षवर्द्धन श्रृंगला र नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रा पनि सहभागी छन् ।

नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार बैठकमा नेपाल-भारत सम्बन्धका सबै विषयसहित व्यापार, पारवहन, ऊर्जा, सिमाना, कोभिड- १९ सहयोग, भौतिक पूर्वाधार, सम्पर्क सञ्जाल, लगानी, कृषि, पर्यटन एवं संस्कृतिबारे छलफल हुनेछ । बैठकमा दुवै देशका परराष्ट्र, वाणिज्य, अर्थ, जलस्रोत, ऊर्जा र रेल मन्त्रालय/विभागका उच्च अधिकारी पनि सहभागी हुनेछन् ।

यसअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री सुब्रह्मण्यम जयशंकरबीच हैदरावाद हाउसमा भेटवार्ता भएको छ । त्यस अवसरमा उनीहरुबीच नेपाल-भारत सम्बन्धका साथै समसामयिक क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विविध विषयमा छलफल भएको थियो ।

 

प्रकाशित समय १४:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु