गृहपृष्ठ संसद विघटनको असंवैधानिक कदमविरुद्धको प्रदर्शनमा सहभागी हुन कांग्रेसको अपिल

संसद विघटनको असंवैधानिक कदमविरुद्धको प्रदर्शनमा सहभागी हुन कांग्रेसको अपिल

नेपाली कांग्रेसले संसद विघटनविरुद्धको असंवैधानिक कदमविरुद्धको प्रदर्शनमा सहभागी हुन अपिल गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि आन्दोलन गरिरहेको कांग्रेसले माघ ३ गते ७५३ स्थानीय तहमा गरिने विरोध प्रदर्शनमा सहभागी हुन अपिल गरेको हो ।

कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिसकेको छ । कांग्रेसले संस्थागत रुपमा संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भनिरहँदा सभापति शेरबहादुर देउवा भने चुनावमा जान हतारिइरहेका छन् । विरोध प्रदर्शनका लागि आयोजित भेलामा देउवाले पटक-पटक ‘कांग्रेस चुनावमा जाने’ बताएर प्रधानमन्त्रीको गैरसंवैधानिक कदमको घुमाउरो पारामा स्वागत गरिरहेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी विभाजन भए आफ्नो दलको बहुमत आउने अनुमानमा संविधानमाथिको प्रहारलाई देउवाले बेवास्ता गरिरहेको भन्दै पार्टीभित्र, बाहिर र सामाजिक सञ्जालमा समेत आलोचना भइरहेको छ । केही दिनअघि नेता मीनेन्द्र रिजालले पनि सभापति देउवाले कांग्रेसको संस्थागत निर्णयविरुद्ध सीमाबाहिर गएर बोलेको बताएका थिए ।

प्रकाशित समय १५:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु