गृहपृष्ठ विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ८ लाख नाघ्यो
विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ८ लाख नाघ्यो
एकै दिनमा दुई लाख ८५ हजार संक्रमित थपिए, ६ हजार ८८२ को ज्यान गयो
चीनको वुहान सहरबाट विश्वभर फैलिएको कोरोना भाइरस विश्वभर २ करोड ८ लाख ६ हजार ९ सय ३९ जनामा पुगेको छ । वितेका २४ घण्टामा मात्रै थप दुई लाख ८५ हजार ५ सय ९३ संक्रमित थपिएका छन् भने ६ हजार ८ सय ८२ को मृत्यु भएको छ ।
योसँगै कोरोना भाइरसबाट हालसम्म विश्वमा ७ लाख ४७ हजार दुई सय ५८ जनाले ज्यान गुमाएको वर्ल्डोमिटरको तथ्यांकमा उल्लेख छ । साथै हालसम्म एक करोड ३७ लाख ६ हजार ६ सय ८५ जना भाइरसमुक्त भई घर फर्केका छन् ।
सबैभन्दा बढी कोरोना फैलिएको अमेरिकामा वितेका २४ घण्टामा ५४ हजार ३ सय ४५ संक्रमित थपिएका छन् । योसँगै अमेरिकामा संक्रमितको संख्या ५३ लाख ६० हजार ३ सय दुई पुगेको हो । अमेरिकामा हालसम्म एक लाख ६९ हजार एक सय ३१ जनाले भाइरसबाट ज्यान गुमाएका छन् ।
सबैभन्दा बढी भाइरस फैलिएको दोस्रो देश ब्राजिलमा संक्रमितको संख्या ३१ लाख ७० हजार ४७४ रहेको । वितेका २४ घण्टामा मात्रै थप ५८ हजार ८१ संक्रमित थपिएका छन् । ब्राजिलमा अहिलेसम्म एक लाख ४२ हजार दुई सय ६३ को मृत्यु भएको छ ।
यस्तै भारतमा हालसम्म २३ लाख ९५ हजार ४ सय ७१ जनामा कोरोना पुष्टि भएको छ भने ४७ हजार एक सय ३८ जनाले ज्यान गुमाएका छन् ।
प्रकाशित समय ०९:५८ बजे

















