गृहपृष्ठ स्लाइसमा लेउ र ढुसी भेटियो, एकान्तकुनाबाट १६ बोटल बरामद

स्लाइसमा लेउ र ढुसी भेटियो, एकान्तकुनाबाट १६ बोटल बरामद

slicema leu bhetiyo _news karoba4r

वरुण वेभरेजको उत्पादन स्लाइसमा अखाद्य वस्तु फेला परेको छ । वरुणका स्लाइस बोतलभित्र मंगलबार लेउ, ढुसी र लेदो पदार्थ भेटिएको हो । उपभोक्ताको जाहेरीका आधारमा खाद्य विभागले ललितपुरको एकान्तकुनास्थित महालक्ष्मी कोल्ड स्टोरमा छापा मार्दा १६ बोटल स्लाइस लेदोयुक्त भेटिएको विभागका प्राविधिक सहायक प्रबिनकुमार अधिकारीले जानकारी दिए । ‘अखाद्य पदार्थ रहेको भनिएको १६ बोटलमध्ये हामीले परीक्षणका लागि दुई बोटल ल्याएका छौँ,’ अधिकारीले मंगलबार न्युज कारोबारसँग भने, ‘बाँकी १४ बोटल सुरक्षित राख्न हामीले लिखित पत्र नै दिएका छौँ ।’

 

बरामद गरिएको २ वटा बोटल गुणस्तर तथा नापतौल विभागले परीक्षण गरेपछि कार्बाहीबारे निर्णय हुने खाद्य विभागका खाद्य निरीक्षक नारायण भट्टराईले बताए । उपभोक्ताले भने सिलप्याक बोटलभित्र लेउ भेटिनु ठूलो समस्या भन्दै कार्बाहीको माग गरेका छन् ।

प्रकाशित समय २१:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु