गृहपृष्ठ छाउगोठमा १५ वर्षीया किशोरीको सामूहिक बलात्कार

छाउगोठमा १५ वर्षीया किशोरीको सामूहिक बलात्कार

सुर्खेतमा महिनाबारीपछि छाउगोठमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । बराहताल गाउँपालिकाकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा स्थानीय तीन किशोरलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । छाउगोठमा सुतिरहेकी शोभा रावल (नाम परिवर्तन) लाई सोमबार मध्य रातमा चेतन गिरी, जनक शर्मा र पदम गिरीले बलात्कार गरेको प्रहरीको भनाइ छ । पदम १४, चेतन १५ र जनक १८ वर्षका हुन् । बलात्कृत किशोरीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ र उनको स्वास्थ्य सामान्य हुँदै गएको बताइएको छ ।

प्रहरीका अनुसार महिनाबारी भएका दुई किशोरी घरदेखि टाढाको छाउगोठमा सँगै सुतिरहेका थिए । तीमध्ये एउटीलाई मध्यराति छाउगोठबाट बाहिर बोलाएर शोभामाथि पालैपालो बलात्कार भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीका अनुसार बलात्कारमा संलग्न तीनै जनालाई किशोरलाई मंगलबार पक्राउ गरिएको हो । घरदेखि टाढाको ठाउँ भएकाले आफन्तले भने भोलिपल्ट अर्थात मंगलबार बिहानमात्रै घटनाबारे थाहा पाएका थिए ।

थप अनुसन्धान भइरहेको उनले बताए । प्रहरीका अनुसार महिनाबारी भएका दुई किशोरी घरदेखि टाढाको छाउगोठमा सँगै सुतिरहेका थिए । तीमध्ये एकलाई राति १२ बजे छाउगोठबाट बाहिर निकालेर अर्कीमाथि बलात्कार भएको हो । पीडितसँगै सुतकी किशोरीले राति १२ बजेतिर आफूलाई छाउगोठबाट निकालिएको बताइन् । ‘तीनजनामध्ये पदम गिरीले मलाई छाउगोठबाट बाहिर निकाल्यो, म डराएर खेतमा गएँ’, प्रहरीसमक्ष दिएको बयानमा ती किशोरीले भनेकी छन्, ‘साथीलाई बलात्कार गरेछन्, मैले त बिहानमात्रै थाहा पाएँ ।’

प्रकाशित समय ०७:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु