गृहपृष्ठ रियल छाडेर रोनाल्डो युभेन्टस जाने !

रियल छाडेर रोनाल्डो युभेन्टस जाने !

स्पेनिस फुटबल क्लब रियल मड्रिडबाट स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो इटालिएन सिरी ए क्लब युभेन्टस जाने सम्भावना बढेको छ । उनलाई अनुबन्ध गर्न युभेन्टसले विशेष चासो देखएको छ ।

रोनाल्डालाई क्लब भित्र्याउन युभेन्टसले १०० मिलियन युरोज प्रस्ताव गरेको छ । युभेन्टसले रोनाल्डोका लागि प्रस्ताव गरेको रकम उसले अहिलेसम्म कुनै पनि खेलाडीलाई तिरेको सबैभन्दा धेरै हुनेछ । उसले सन् २०१६ मा अर्जेन्टिनाका गोन्जालो हेगुइनलाई अनुबन्ध गर्दा ९० मिलियन युरो तिरेको थियो । रोनाल्डो सन् २००९ मा तात्कालिन समयमा विश्वकै कीर्तिमानी मूल्य ८० मिलियन पाउण्डमा म्यानचेस्टर युनाइटेडबाट रियल मड्रिड आएका हुन् ।
रोनाल्डोका लागि युभेन्टसबाटआएको प्रस्तावका बारेमा रियल मड्रिडले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । रियल मड्रिडका लागि ४५१ गोल गरेका २३ वर्षीय पोर्चुगिज रोनाल्डो सो क्लबका सर्वाधिक गोलकर्ता हुन् । तर, ढल्किदो उमेर र पछिल्ला प्रदर्शनका कारण रियलले टिममा नयाँ र युवा खेलाडी भित्र्याउन चाहेको बताइन्छ । गएको सिजन ला लिगामा रियल मड्रिडले बार्सिलोनाभन्दा १७ अंक पछि रहेर लिग टुंग्याएको थियो । यसले पनि रोनाल्डो प्रदर्शनप्रति प्रश्न उब्जाएको थियो । त्यसो त रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँगको पनि उनको सम्बन्ध त्यति राम्रो नरहेको बताइन्छ ।

 

रोनाल्डोले गएको मे मा रियल मड्रिडबाट पाँचौँ पटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए । किएभमा भएको खेलमा लिभरपुललाई हराएपछि रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले क्लबबाट बिदा लिए । उनको ठाउँमा स्पेनका पूर्व प्रशिक्षक जुलिएन लोपेतेगुइ आएका छन् । पाँच पटकका बोलोन डी’ओर विजेता रोनाल्डोको भविष्यका बारेमा केही वर्षयता विभिन्न खालका चर्चा भइरहेको छ ।

प्रकाशित समय ०७:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु