गृहपृष्ठ वर्षाको वितण्डा : भक्तपुरमा तीनजनाको मृत्यु, अधिकांश राजमार्ग अवरुद्ध

वर्षाको वितण्डा : भक्तपुरमा तीनजनाको मृत्यु, अधिकांश राजमार्ग अवरुद्ध

bhaktpur badi 2-newskarobar

बुधबारदेखिको भारी वर्षाका कारण देशभर बाढी, पहिरो र डुबानले ठूलो क्षति पुर्याएको छ । भक्तपुर चाँगुनारायण नगरपालिका–७, खरिपाटीमा घर भत्किँदा एक परिवारका तीन जनाको मृत्यु भएको छ । राति सुतीरहेको समयमा घर भत्किएपछि तीन जनाको मृत्यु भएको हो । अन्यको उद्धार गरिएकाे प्रहरी मुख्यालय नक्सालका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक शैलेस थापाले जानकारी दिए । इट्टा र माटोले बनेको पुरानो घर पानीका कारण गलेपछि भत्किएको हो ।

bhaktpur badi5-newskarobar bhaktpur badi 6-newskarobar

बर्षापछि भक्तपुर राधेराधेनजिक हनुमन्ते खोलामा आएको बाढीका कारण सो क्षेत्र डुबानमा परेको छ । सडक नै पुरिएपछि यातायातका साधनसमेत एकतर्फीमात्रै संचालन भइरहेको छ ।
बिहानदेखि देशभरका अधिकांस राजमार्ग अबरुद्ध बनेका छन् ।

राजधानी काठमाडौँदेखि चरिकोट जाने सडक अबरुद्ध छ । गएराति नै चरिकोटनजिकै सडकमा पहिरो खसेपछि सडक अबरुद्ध छ । यता, मकावनपुरबाट फर्पिङ हुँदै राजधानी आउने सडक पूर्ण रुपमा अबरुद्ध छ । इन्द्र सरोवर क्षेत्रमा पहिरो गएका कारण सडक अबरुद्ध रहेको जनाइएको छ । धुलीखेल–नेपालथोकअन्तर्गत पर्ने विपि राजमार्ग पनि पहिरोका कारण अवरुद्ध छ । विहानैदेखि यातायात ठप्प रहेको एसएसपी थापाले न्युज काराबारलाई बताए ।

bhaktpur badi 4-newskarobarbhaktpur badi 8-newskarobar
उता, बालाजु हुँदै नुवाकोट जाने पासाङल्हामु सडक खण्ड पनि अबरुद्ध छ । कालिकास्थान– बेत्रावती क्षेत्रमा पहिरो गएपछि सडक अबरुद्ध भएको हो ।

प्रकाशित समय ०८:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु